सिलगढी : चुनावी पोस्टर, ब्यानर च्यातिदिएको आरोप लगाउँदै थाना अघि धरनमा बसेका तृणमूलका वहिष्कृत नेता विकास सरकारलाई पुलिसले हिरासतमा लिएको छ। सिलगढी नगरनिगमको 24 नम्बर वार्डका निर्दलीय प्रार्थीको रूपमा विकास सरकारले चुनाउ लडिरहेका छन्। धेरै दिन अघिदेखि उक्त इलाकामा टाँसिएको तिनको चुनावी ब्यानर तथा पोस्टरहरू च्यातिदिएको तिनले आरोप लगाउँदै आइरहेका छन्। यसैले तिनी आज बिहान सिलगढी थानामा गएर धरना बसेका थिए भने धरनाबाट जबरजस्ती उठाएर तिनलाई हिरासतमा लिएर थानाभित्र लगेको बताइएको छ। शासकदलका केही नेताहरूको निर्देश अनुसार यी सबै कार्यहरू गरिरहेको विकास सरकारले आरोप लगाएका छन्।
