सिलगढीको 24 नम्बर वार्डको फुलेश्वरी रेलगेटको मरमति कार्य शुरू

सिलगढी : रेलवे प्रबन्धनले सिलगढी नगरनिगमको 24 नम्बर वार्डको फुलेश्वरी रेलगेटको मरमति कार्य शुरू गरेको छ। रेलवे प्रबन्धनले आज बिहान फुलेश्वरी रेल गेटको मरमतिको कार् शुरू गरेको छ। रेल गेट खराब स्थितिमा रहेकोले गर्दा साधारण मानिसहरूले प्रायःजसो दुर्घटनाको सामना गर्न पर्थ्यो। अन्ततः रेल गेटको मरमति कार्य शुरू भएको छ। आज बिहान सिलगढीका विधायक शंकर घोष तथा र एडीआरएम सञ्जय चिलवारवारले मरमति कार्यको निरीक्षण गरे। यस अवधि तिनले भने, सिलगढीको 18  नम्बर वार्ड  संलग्न बाग्राकोर्ट रेल गेटमा जामको समस्या समाधान गर्न वैकल्पिक व्यवस्थाको लागि सर्वेको काम शुरू भइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *