सिलगढीको 28 नम्बर वार्डमा पम्पिङ स्टेशन स्थापित भएपछि अब पानीको समस्या समाधान हुने

सिलगढी (निसं): धेरै अघि समयदेखि सिलगढी नगर निगमको 28 नम्बर वार्डको मातङ्गिनी कलोनीका हजारौं मानिसहरू पानीको समस्यासित जुझीरहेका थिए। यसैले गर्दा सिलगढी नगर निगमले तिनीहरूको समस्याको समाधान गरिदिएको छ। लगभग 56 लाख 16 हजार 484 रूपियाँको लागतमा पम्पिङ स्टेशन स्थापित गरिदिएको छ। प्राप्त जानकारी अनुसार पम्पिङ स्टेशन सिलगढीको 27 नम्बर वार्ड अन्तर्गत बाबूपाडामा बनाइएको छ। यो पम्पिङ स्टेशनले मुख्य रूपमा 28 नम्बर वार्डको मातङ्गिनी कलोनीका मानिसहरूका लागि पिउने पानीको आवश्यकतालाई पूरा गर्नेछ। आज सिलगढीको मेयर गौतम देव अनि मेयर परिषद दुलाल दत्त लगायत अन्यले पम्पिङ स्टेशनको निरीक्षण गरे। यस अवधि मेयर गौतम देवलाई इलाकाका मानिसहरूले पम्पिङ स्टेशनको कतिपय समस्याहरू अवगत गराए। यसैगरी, मेयरले आगामी एक हप्ताको अवधिमा नै समस्याको समाधान गरिदिने आश्वासन दिएका छन्।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO