सिलगढी : सिलगढीको 2 नम्बर वार्डमा आजदेखि वार्ड उत्सव आनन्दधारा शुरू भएको छ। रङ्गारङ्ग शोभायात्राको साथमा वार्ड उत्सवको शुरूआत गरियो। उक्त शोभायात्राले वार्डको विभिन्न पथहरूको परिक्रमा गर्यो। आगामी 29 जनवरीसम्म चल्ने उक्त वार्ड उत्सवमा विभिन्न कार्यक्रम लगायत प्रतियोगिताहरूको आयोजना गरिने भएको छ। उक्त शोभायात्रामा मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, वार्ड काउन्सिलर गार्गी च्याटर्जी लगायत अन्य उपस्थित थिए।