सिलगढ़ीको 30 वटा स्कूलमा डिजिटल क्लासरूम शुरू गरिने

सिलगढ़ी: अन्य सबै चीजहरूसँगै अब शिक्षा व्यवस्थामा पनि आधुनिकताको स्पर्श देखिँदैछ।  अधिक जसो निजी स्कूलहरूमा डिजिटल क्लास रूम देखिए तापनि प्राय:जसो सबै सरकारी स्कूल यस सुविधाबाट वञ्चित रहेको छ। यसैलाई ध्यानमा राखेर रोटरी क्लबको तर्फबाट सिलगढ़ीको 30 वटा स्कूलमा डिजिटल क्लासरूमको व्यवस्था गरिने भएको छ। यस परियोजनालाई ई-विद्या नाम दिएको छ। रोटरी क्लब सिलगढ़ीका अध्यक्ष प्रमोद अग्रवालले दिएको जानकारी अनुसार यस परियोजनाको उद्घाटन आगामी 29 फरवरीको दिन यहाँको दीनबन्धु मञ्चमा गरिने छ। उक्त उद्घाटन समारोहमा राज्यका पर्यटन मन्त्री गौतम देवलगायत यो योजना अन्तर्गत पर्ने सिलगढ़ीको स्कूलका शिक्षक-शिक्षिका अनि बिद्यार्थीहरू उपस्थित रहनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *