सिलगढीको 35 नम्बर वार्डमा भवनको अवैध निर्माण कार्यमा नगर निगमले चलायो हम्बर

सिलगढी (निसं): सिलगढीमा अवैध निर्माण विरूद्ध नगर निगमको अभियान जारी रहेको छ। यसैक्रममा, 35 नम्बर वार्डमा गैर-कानूनी ढंगमा गरेको निर्माण कार्यलाई नगर निगमले भत्काइदिएको छ। हाईकोर्टको निर्देशानुसार मंगलवार नेताजी सुभाष चन्द्र बोस रोड नजिक एउटा आवासीय इलाकामा निर्माण गरेको अवैध निर्माणलाई नगर निगमका कर्मचारीहरूले भत्काइदिएको छ। आज सिलगढीको आवासीय इलाकाको एउटा बहुतले भवनमा गैर-कानूनी ढंगमा निर्माण कार्य गरेकोले नगर निगमका कर्मचारीहरूले पुलिसको उपस्थितिमा एउटा तीनतला भवनको केही फ्लाटहरू भत्काइ दिएको छ। स्मरण रहोस, हाईकोर्टको निर्देशानुसार शहरका विभिन्न वार्डहरूमा गैर-कानूनी निर्माण ध्वस्त गरिने कार्य भइरहेको छ। सोमवार पनि 34 नम्बर  वार्डमा एउटा घरको गैर-कानूनी निर्माणलाई नगर निगमले भत्काइ दिएको थियो।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom