सिलगढीको 35 नम्बर वार्डमा आगलागीमा घर जलेर खरानी

सिलगढी, 6 जून (निसं): सिलगढीको 35 नम्बर वार्ड अन्तर्गत भक्तिनगर एनजेपी मेन रोडसँग संलग्न क्षेत्रमा आज बिहान एउटा घरमा भीषण आगलागी भयो। आगलागीमा घर पूर्णरूपमा जलेर भष्म भएको छ।
प्रत्यक्ष दर्शीहरूका भनाइ अनुसार आज बिहान अचानक घरमा आगो लागेको थियो। आगलागीपछि तुरुन्तै दमकल र विद्युत विभागलाई खबर गरिएको थियो। जानकारी पाएलगत्तै दमकलको एउटा गाडी र विद्युत विभागका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए।
दमकल कर्मीहरूको कठोर मेहनत पछि आगोलाई पूर्ण नियन्त्रणमा ल्याइएको भए तापनि घर, स्कूटी लगायत बहुमूल्य सबै कागज पत्रहरू जलेर खरानी भएको छ।
घर मालिक बिकी रायले बताए अनुसार आज बिहानै घरमा अचानक आगो लागेको थियो। आगोले एकैक्षणमा तीव्र रूप धारण गरेपछि सबै हेर्दा हेर्दै जलेर स्वाहा भयो, केही पनि बचाउन सकिएन। उनले आगलागीमा धेरै क्षति भएको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *