सिलगढीको 8 नम्बर वार्डस्थित दवाई दोकानमा आगलागी

सिलगढी :  सिलगढीको 8 नम्बर वार्डस्थित खालपाडा संलग्न इलाकाको एउटा दवाई दोकानमा भयावह आगलागी हुँदा दोकानको सबै समानहरू जलेर खरानी भएको छ। स्थानीय मानिसहरूले आगलागीबारे अग्निशमन विभागलाई खबर दिएपछि दमकलको इञ्जिन घटनास्थलमा पुगेर धेरै समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। आगलागीको खबर पाएपछि आज बिहान 8 नम्बर वार्डका काउन्सिलर सालिनी डालमिया घटनास्थलमा पुगेकी थिइन्। तिनले बताएअनुसार आगलागीमा दोकान भित्रको सबै समानहरू जलेर खरानी भएको छ। तथापि, आगलागीमा कसैको ज्यानलाई कुनै क्षति पुर्‍याएको छैन। के कारणले गर्दा उक्त आगलागी भएको हो भन्ने विषयमा थाहा लागेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom