सिलगढीको बाबुपाडा बोइज क्लबले शुरू गऱ्यो काली पूजाको तयारी

सिलगढी,18 अक्टोबर (निसं): खम्बा पूजाको माध्यम सिलगढी बाबुपाडा बोइज क्लबले काली पूजाको तयारी शुरू गरेको छ। प्राप्त जानकारी अनुसार बाबुपाडा बोइज क्लबको पूजा यस वर्ष 54औ वर्षमा प्रवेश गर्नेछ। यस वर्ष पूजाको थीम ‘उत्सर्ग’ रहेको छ। यस वर्ष तिनीहरूको प्रमुख थीम ग्रामीण बंगालले हराएको कुटीर उद्योगलाई पुनर्स्थापित गर्नु हो। यस सम्बन्धमा पूजा कमिटीका सचिव ननी धरले भने, पूजाको मण्डप बाँस, बेत अनि पर्यावरण अनुकूल सामग्रीहरूले बनाइने छ। यसपल्टको पूजाले गत वर्षका पूजाहरूले झैं शहरवासीहरूको ध्यान आकर्षित गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *