सिलगढीको बंगाल सफारीमा रोयल बेंगालका 3 वटा शावकको मृत्यु

सिलगढी, 7 दिसम्बर (निसं): सिलगढीको बंगाल सफारी पार्कमा तीन वटा रोयल बेंगाल टाइगरका शावकहरूको मृत्युको दुःखद खबर आएको छ। आमाको लापर्वाहीको कारण ती तीन वटा शावकहरूको मृत्यु भएको बताइएको छ। गत हप्ता सिलगढीको बंगाल सफारी पार्कमा रोयल बेंगाल बाघ रिकाले तीन वटा शावकलाई जन्म दिएको थियो। त्यसपछि तिनीहरूलाई एउटा आश्रयमा राखिएको थियो। जब रिका आफ्ना शावकहरूलाई मुखमा थुनेर अर्को स्थानमा लैजाँदै थिइन्, तब यो दुर्घटना भएको हो। रिकाको लापरवाहीको कारण शावकहरूको गला काटिएको थियो। जसको कारण दुई वटा शावकहरूको मृत्यु भयो। पार्कका अधिकारीहरूले एउटा शावकलाई बचाउने प्रयास गरे तापनि सकेनन्। यस सम्बन्धमा ज्यू प्राधिकरणका सदस्य सचिव सौरभ चौधरीले बताए अनुसार रिकाले दोस्रो पटक तीन वटा शावकलाई जन्म दिएको थियो। लापर्वाहीका कारण शावकहरूलाई हटाउँदा यो घटना भएको हो। तीनै शावकहरूको श्वास नलीमा प्वाल र गला माथि गहिरो चोट लागेका कारण उनीहरूको मृत्यु भएको हो। यसैबीच, बंगाल सफारी पार्कका निर्देशक विजय कुमारले भने, रिकाको लापरवाहीका कारण तीन शावकहरूको मृत्यु भएको हो। सम्पूर्ण घटनाको जाँच भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *