सिलगढीको भिन्न-भिन्नै ठाउँबाट 2 वटा अजिङ्गर उद्धार 

सिलगढी(निसं): सिलगढीको भिन्न-भिन्नै ठाउँबाट 24 घन्टाको अवधिमा दुई वटा अजिङ्गर उद्धार भएको छ। यीमध्ये एउटा  अजिङ्गर 8 फीट अनि दोस्रो 7 फीट लामो रहेको छ।  प्राप्त जानकरी अनुसार आज बिहान सालुगढा बीएसएफ क्याम्पभित्र रूखको झाडीमा एउटा अजिङ्गर देखा पऱ्यो। यसपछि बीएसएफ अधिकारीहरूले साँप रेस्क्यू गर्ने व्यक्ति रवि रायलाई बोलाए। यसपछि रवि रायले कठोर मेहनत पछि अजिङ्गरलाई उद्धार गऱ्यो। रवि रायले बताए अनुसार सालुगाढा बीएसएफ क्याम्पबाट लगभग 8 फीट लामे अजिङ्गर उद्धार गरिएको छ। हाल गर्मी धेरै ज्यादा छ। यसैले अजिङ्गर खाना अनि ठण्डा ठाउँको खोजीमा यता-उता घुमिरहन्छ।   यसैगरी, गत राति समर नगर बटतल्ला गंगा मन्दिर इलाकाबाट पनि लगभग 7 फीट लामो अजिङ्गर स्थानीय मानिसहरूले उद्धार गरे। यसपछि उक्त अजिङ्गरलाई पुलिसमार्फत वन विभागलाई सुम्पिदिएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO