सिलगढीको भोलानाथ पाडास्थित फिनेल कारखानामा भयावह आगलागी

सिलगढी : सिलगढीको ईस्टर्न बाइपास संलग्न भोलानाथ पाडास्थित एउटा कारखानामा भयावह आगलागी हुँदा इलाकामा भागदौड मच्चियो। प्राप्त जानकारी अनुसार आज अपरान्ह एउटा ब्लिचिङ तथा फिनाइल बनाउने कारखानामा सर्ट सर्किट हुँदा आगलागी भएको बताइएको छ। उक्त कारखानामा धेरै मात्रामा रासायनिक रहेकोले गर्दा क्षणभरमै आगोले उग्र रूप लियो। कालो धुँवाले पुरा इलाका ढाकियो। घटनाको खबर पाएर आसिघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेका थिए। सिलगढी तथा डाबग्राम दमकल विभागको धेरैवटा इञ्जिन घटनास्थलमा पुगेर लगभग 2 घण्टाको कठोर प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त आगलागीमा कारखानाभित्र रहेको धेरै मात्रा रासायनिक जलेर खरानी भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO