सिलगढीको विभिन्न पुजा कमिटीलाई कमिश्नर गौरव शर्माले प्रदान गरे 50 हजार रुपियाँको चेक

सिलगढी : सरकारी अनुमोदन प्राप्त पुजा कमिटीहरूलाई 50 हजार रुपियाँ दिइने मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरे अनुसार आज सिलगढी पुलिस कमिश्नर गौरव शर्माले सिलगढीका केही दुर्गा पुजा कमिटीलाई उक्त चेक प्रदान गरे। सेन्ट्रल कोलनी दुर्गा पुजा कमिटी, अम्बिकानगर पाठागार स्पोटिङ क्लब, फुलबारी बटतला पुजा कमिटी लगायत लगभग 30 वटा पुजा कमिटीलाई आज तिनले 50 हजार रुपियाँको चेक लगायत पुजाको अनुमति पत्र प्रदान गरे। यस सम्बन्धमा कमिश्नर गौरव शर्माले भने, आजदेखि पुजा कमिटीहरूलाई 50 हजार रुपियाँ दिइने कार्य शुरू गरेको छ भने आगामी 3-4 दिनको अवधिमा सिलगढीको सबै रेजिस्टर क्लबहरूलाई उक्त चेक प्रदान गर्नको साथै अनुमति पत्र प्रदान गरिनेछ। सबै पुजा कमिटीले कोरोनाको सबै नियम पालन गर्नुपर्ने, पुजा पण्डालमा कुनै प्रकारको भीडभाड नगर्ने, बिग बजटको पुजा कमिटीले सीसीटीभी क्यामारा जडान गर्नुपर्ने साथै पुजा अवधि सांस्कृति कार्यक्रमको आयोजना नगरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *