सिलगढी, 30 दिसम्बर: सडकलाई फराकिलो बनाउन र अतिक्रमण हटाउन सिलगढी नगरनिगमले चम्पासारी निवेदिता रोडमा रहेका एक सयभन्दा अधिक अवैध दोकानहरू भत्काइदिएको छ। सोमबार बिहान नगरनिगम टोलीले अभियान चलाएर यी दोकानहरू भत्काइदिएका हुन्।
केही समयदेखि चम्पासारी मोडको नजिकस्थित निवेदिता रोडको दुवैतर्फ सडक र नाली अतिक्रमण गरेर दोकान र बजार लगाएको थियो। यस अघि पनि नगरनिगमले दोकानहरू हटाउने अभियान चलाएको थियो। तर स्थानीय व्यवसायी र मेयर पार्षद दिलीप बर्मनको विरोधको कारण नगरनिगमका कर्मचारीहरूलाई फर्कनु परेको थियो। केही दिन अघि दोकान हटाउने सम्बन्धमा नगरनिगमले व्यवसायीहरूलाई सूचना दिएको थियो।
सोमबार बिहान नगरनिगमका कर्मचारीहरू घटनास्थलमा पुगेर एक सयभन्दा अधिक दोकानहरू भत्काइदिएका छन्। नाली अतिक्रमण मुक्त गर्न र सडक फराकिलो बनाउनका लागि पसल हटाइएको नगर निगमले बताएको छ। अर्कोतिर, दोकानहरू भत्काइएपछि त्यहाँका व्यवसायीहरूले आक्रोश व्यक्त गरेका छन्।
North Bengal, Siliguri, Uncategorized
सिलगढीको चम्पासरी निवेदिता रोडको अवैध दोकानहरूमा नगर निगमको अभियान, सयभन्दा अधिक दोकानहरू भत्काइदियो
30
Dec
Dec