सिलगढीको कलेजपाडा पुजा कमिटीको खुट्टी पुजा सम्पन्न

सिलगढी (निसं): खुट्टी पुजाको माध्यमद्वारा सिलगढीको कलेजपाडा पुजा कमिटीले दुर्गा पुजाको तयारी शुरू गरेको छ। उक्त क्लबको दुर्गा पुजाले 73औँ वर्षमा पाइला टेकेको छ भने यस वर्ष पुजाको थिम आनन्द मेला रहेको छ। आज सिलगढी कलेज संलग्न शिशु उद्यानको मैदानमा खुट्टी पुजा गरेर पण्डाल बनाउने कार्य शुरू भएको छ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि उक्त कमिटीको दुर्गा पुजा विशेष आकर्षण रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *