सिलगढीको देव भानू भूति हत्याको मुख्य आरोपी सिन्टू दे र बाप्पी दास पक्राउ

सिलगढी (निसं): देव भानू भूति हत्या मामिलामा सिलगढी खालपाडा आउट पोस्ट पुलिसले दुई जना व्याक्तिलाई पक्राउ गरेको छ।  सिलगढीको कुमार टोलीबाट दुवै आरोपीलाई पक्राउ गरेको बताइएको छ। पक्रा पर्नेहरूमा सिन्टू दे र बाप्पी दास सामेल छन्। स्मरण रहोस, देव भानू भूति र सिन्टू दे मिल्ने साथीहरू थिए। तर कुनै कुरालाई लिएर दुई जनाको मित्रता दुश्मनीमा परिवर्तन भयो।


प्राप्त जानकारी अनुसार गत बिहिबार राती सिन्टू आफ्नो केही साथीहरूसित झंकारमोडको नवनिर्मित फ्लाईओभर नजिक थिए। त्य समय देव भानू भूति टोटो चलाएर घर फर्किरहेका थिए। यसको फाइदा उठाएर सिन्टूले आफ्नो साथीहरूसित मिलेर देव भानू भूतिलाई भक्कु कुटपिट गरे। घटना पछि देव भानू भूतिलाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गरियो, जहाँ चिकित्सा अवधि तिनको मृत्यु भयो। यसपछि मृतकको परिवार पक्षले आरोपीहरू विरूद्ध खालपाडा आउट पोस्ट थानामा लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले शुक्रबार राति सिन्टू दे र बाप्पी दासलाई पक्राउ गरेको छ। आज दुवै आरोपीलाई पुलिसले सिलगढी कोर्टमा पेश गरेपछि रिमान्डमा लिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *