सिलगढीको दिनबन्धु मञ्चमा थियेटर प्रतियोगिताको आयोजना

सिलगढी : सिलगढी ऋत्विक नाट्य संस्थानको व्यवस्थापनमा आमन्त्रणमूलक विद्यालय रङ्गमञ्च प्रतियोगिताको आयोजना गरियो। सिलगढीको दिनबन्धु मञ्चमा आजदेखि उक्त नाट्य प्रतियोगिता शुरू भएको छ भने आगामी 8 सेप्टेम्बरसम्म चल्ने बताइएको छ। सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकार, विशिष्ट समाजसेवी मदन भट्टाचार्य, विभिन्न स्कुलका शिक्षक-शिक्षिकाहरू, नाट्य व्यक्तित्व पार्थ चौधुरी, पलक चक्रवर्ती र पार्थप्रतीम मित्रले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुरूआत गरे। ऋत्विक नाट्य संस्थाका उपाध्यक्ष प्रणब भट्टाचार्यले भने, यदि नयाँ पिँढीलाई रङ्गमञ्चतर्फ आकर्षित नगरे सिलगढीमा रङ्गमञ्च समाप्त हुनेछ। यसैले उक्त प्रतियोगिताको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *