सिलगढीको ईस्टर्न बाईपास सडक दुर्घटना मामिलामा एकजना पक्राउ

सिलगढी, 10 सितम्बर (निसं): सिलगढीको ईस्टर्न बाईपासमा सडक दुर्घटनामा मरेका युवकको परिवार पक्षले अभियोग दर्ता गरेपछि भक्ति नगर थाना पुलिसले एकजना आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्ने गौतम विश्वास (33), आशिघर थाना अन्तर्गत ढाकेश्वरी इलाका निवासी बताइएको छ।
स्मरण रहोस, आइतबार साँझ एउटा बाइकमा तीन जना साथीहरू घुम्न निस्किएको समय ईस्टर्न बाईपास संलग्न मण्डल पेट्रोल पम्प नजिक ट्रकलाई ओभरटेक गर्ने प्रयास गर्दा पछि बसेका युवक कृष्णो दास बाइकबाट झरेर तिनको मृत्यु भएको थियो। घटना पछि दुवै साथी बाइक लिएर घटनास्थलबाट चम्पट कसेका थिए। यसपछि सडक दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले सोमवार भक्ति नगर थानामा तिनका साथीहरू विरूद्ध अभियोग दर्ता गरेका थिए। अभियोग पछि मामिलाको जाँच गर्दै पुलिसले गत राति गाजलडोवाको भोरेर आलोबाट घटना पछि भागेका दुई जना साथी मध्ये गौतम विश्वासलाई पक्राउ गरेको छ। यसैगरी, पुलिसले तिनका साथी अनि घटनामा प्रयोग गरेको बाईकको खोजी गरिरहेको छ। पुलिसले आज पक्रा परेका गौतम विश्वासलाई जलपाईगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom