सिलगढीको ग्वालापट्टीमा रक्तदान शिविरको आयोजना

सिलगढी :  सिलगढी नगरनिगमको 4 नम्बर वार्ड ग्वालापट्टी इलाकामा हिन्दु- मुस्लिममाझ आपसी भाईचारा तथा एकता बनाइ राख्ने उद्देश्य लिएर आज सिलगढी लायन्स तराई ब्लड ब्याङ्कको सहयोगितामा रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविरमा साधारण मानिसहरू लगायत सिलगढी थानाका आईसी सुदीप चक्रवर्ती र खालपाड़ा आउटपोस्टका ओसी पप्पू सिंहले पनि रक्तदान गरे। यस अवसरमा सिलगढी थानाका प्रभारी सुदीप चक्रवर्तीले इलाकाका मानिसहरूलाई आपसी मतभेद भुलेर भाईचाराको साथमा मिलेर बस्ने अपील पनि गरे।


यसको साथै साधारण मानिसहरूलाई इलाकामा घटेको कुनै साना-ठुला घटनाहरूबारे पुलिसलाई जानकारी गराउने अपील पनि गरे। उक्त रक्तदान शिविरमा आज आवश्यकमन्द नानीहरूलाई पढ़ाईको सामग्रीहरू पनि वितरण गरियो। यस अवसरमा पुलिस अधिकारी लगायत तृणमूल नेता प्रदीप गोयल, सिलगढी नगरनिगमको 4 नम्बर वार्ड पार्षद विवेक सिंह एवम् अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *