सिलगढी, 29 अप्रेल (निसं): सिलगढी जंक्शन नजिकको क्षेत्रबाट एकजना व्यक्तिको शव फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ। मृतकको नाम रविन्द्र दत्त बताइएको छ। उनी फाँसीदेवा क्षेत्रको मयलानीजोत नजिकका वासिन्दा थिए। स्थानीयहरूका भनाई अनुसार आज बिहान जंक्शन क्षेत्रमा उक्त शव देखिएको थियो। त्यसपछि घटनाको जानकारी प्रधान नगर पुलिसलाई दिएको थियो। खबर पाएलगत्तै पुलिस टोली घटनास्थलमा पुगेर शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाएको छ। यसको साथै पुलिसले घटनाको विस्तृत जाँच गरिरहेको छ।