सिलगढीको किरणचन्द्र भवनलाई नयाँ रूपमा सजाइने, मेयर गौतम देवद्वारा निरीक्षण

सिलगढी : सिलगढीको किरणचन्द्र भवनलाई नयाँ रूपमा सजाइने पहल गरेकोले सिलगढी नगरनिगमका मेयर गौतम देवले आज किरणचन्द्र भवनको निरीक्षण गरे। किरणचन्द्र भवनलाई नयाँ रूपमा सजाउने कार्य शुरू भइसकेको छ। उक्त भवनको कार्य कस्तो प्रकारले चलिरहेको छ साथै भवनको नजिक रहेको खुल्ला ठाउँलाई आधुनिक रूपमा कसरी काममा लगाउन सकिन्छ भन्ने उद्देश्यले आज मेयर गौतम देवले किरणचन्द्र भवनको निरीक्षण गरे। निरीक्षणपछि मेयर गौतम देवले उक्त भवनलाई 2 नम्बर बोरो अफिसमा स्थानान्तरित गरिने बताए। लामो समयदेखि उपेक्षित रहेको उक्त भवनलाई नयाँ रूपमा सजाउने नगरनिगमले पहल गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *