सिलगढीको किरणचन्द्र श्मशान घाटमा दोस्रो वैद्युतिक चुल्हाको मेयर गौतम देवले गरे उद्घाटन

सिलगढी : सिलगढीको किरणचन्द्र श्मशान घाटमा दोस्रो वैद्युतिक चुल्हाको मेयर गौतम देवले आज विधिवत् उद्घाटन गरे। पूर्व नगरमन्त्री अशोक भट्टाचार्यको पहलमा सिलगढीको किरणचन्द्र श्मशान घाटमा वैद्युतिक चुल्हाको निर्माण गरिएको थियो। त्यस समय 2 वटा वैद्युतिक चुल्हाको माध्यमद्वारा दाह संस्कारको प्रक्रिया शुरू गरियो। पछि तीमध्ये एउटा वैद्युतिक चुल्हा खराब भएपछि एउटा चुल्हाको माध्यमद्वारा दाह संस्कार गर्ने गरेकोले गर्दा सहरवासीलाई निक्कै असुविधा भइरहेको थियो। अर्कोतिर, किरणचन्द्र श्मशान घाटमा दबाव कम्ती गर्ने उद्देश्य लिएर एसजेडीए-को तर्फबाट साहुडाङ्गीमा वैकल्पिक वैद्युतिक चुल्हाको निर्माण गरे तापनि किरणचन्द्र श्मशान घाटमा चाप कम्ती भएन। यसपछि सिलगढी नगरनिगमले दोस्रो वैद्युतिक चुल्हा बनाउने पहल गर्यो। द्रुत गति चुल्हाको निर्माण कार्य गरेपछि आज मेयर गौतम देवले उक्त चुल्हाको उद्घाटन गरे। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकार, कमिश्नर सोनम वाङ्ग्दी भुटिया, चेयरम्यान प्रतुल चक्रवर्ती, 1 नम्बर वार्ड काउन्सिलर सञ्जय पाठक लगायत बोर्डका सदस्यहरू उपस्थित थिए। मेयर गौतम देवले भने, सहरवासीको माग अनुसार 1 करोड 53 लाख रुपियाँको लागतमा दोस्रो वैद्युतिक चुल्हाको निर्माण गरिएको हो। अन्य केही कार्य बाँकी रहेकोले यसलाई चाँडै समाप्त गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Casibom GirişJojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibomcasibomcasibom girişbonus fırsatıDeneme Bonusu 2024bonus 2024CASİBOMcasibomcasibom girişcasibomcasicasibomcasibom girişcasibom