सिलगढी, 8 अप्रेलः सिलगढीको मध्य शान्तिनगर क्षेत्रको एक घरमा चोरीको घटनाले सनसनी मच्चिएको छ। घरबाट रूपियाँ सहित सर-सामानहरू लिएर बदमाशहरूले सुइँकुच्चा ठोके।
प्राप्त जानकारी अनुसार, मध्य शान्तिनगर क्षेत्रका वासिन्दा सप्तसी विश्वास प्रत्येक दिन झै बिहान घरको ताला लगाएर कामको उद्देश्यमा निस्केका थिए। त्यसपछि राती 10 बजे कामबाट फर्किएर घर आइपुग्दा घरमा चोरी भएको थाहा पाए। बदमाशहरूले घरबाट नगद रूपियाँ, सुन-चाँदीका गहना लगायत अन्य सामानहरू चोरी गरेको बताइएको छ।
घटनाको पछि, यसबारे आशिघर आउटपोस्ट पुलिस थानालाई जानकारी दिइयो। पुलिस घटनास्थलमा पुगेर सम्पूर्ण घटनाको जाँच शुरु गरेको छ।