सिलगढीको मध्य शान्तिनगरमा चोरी, सुनका गहनाहरू लगायत नगद रूपियाँ चोरी गरेर चोरहरू चम्पट

सिलगढी (निसं): सिलगढीको मध्य शान्तिनगरमा चोरीको घटनाले इलाकामा सनसनी मच्चिएको छ। प्राप्त जानकारी अनुसार चोरहरूले लगभग 7-8 लाख रुपियाँको सुनका गहनाहरू लगायत नगद रूपियाँ चोरी गरेर चम्पट कसेको बताइएको छ। घटनाक्रम अनुसार, समरेश दत्त आइतबार छुट्टीमा आफ्नो परिवारसित आफन्तको घरमा गएका थिए। राति लगभग 9:30 बजे घर फर्किए पछि घरको पछिल्तिरको दैलो भत्केको देखे। यसको साथै अलमारी पनि भत्केको थियो भने घरको सर-सामानहरू जताततै छरपस्ट थियो।  


यसपछि आफ्नो घरमा चोरी भएको तिनीहरूले थाहा पाए। घटनाको जानकारी आशीघर आउट पोस्ट पुलिसलाई दिएपछि पुलिस घटनास्थलमा आइपुगेर मामिलाको जाँच शुरू गरेको छ। यसैगरी, स्थानीय मानिसहरूले बताए अनुसार पहिला पनि इलाकामा चोरीको घटनाहरू भइसकेको छ। तिनीहरूले आफ्नो इलाकामा पनि पुलिसले गश्ती लगाउनु पर्ने मांग गरेका छन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom