सिलगढी (निसं): सिलगढीको मतिगढा नाबालिक छात्रा दुष्कर्म अनि त्यसपछि हत्या गरेको मामिलामा सिलगढी महकुमा अदालतले पक्रा परेका आरोपी एमडी अब्बासलाई दोषी ठहर गर्दै आज एक ऐतिहासिक निर्णय लिएर आरोपीलाई मृत्यु दण्डको सजाय सुनाएको छ।
लगभग एक वर्ष एक महिनाको कानूनी लडाई पछि अन्तमा छात्रा अभयाले न्याय पाएकोमा पिडित परिवार लगायत विभिन्न संघ-संगठनका सदस्यहरूले ठूलो राहतको श्वास फेरेका छन्। नाबालिका अभयालाई दुष्कर्म अनि त्यसपछि निर्ममतापूर्वक हत्या गरेको आरोपमा न्यायाधीशले सबै प्रमाण अनि गवाहीको आधारमा आरोपी एमडी अब्बासलाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो।
स्मरण रहोस, गत वर्ष 21 अगस्त 2023 को दिन सिलगढीको मतिगढी थाना अन्तर्गत एउटा खाली सुनसान मैदानमा एकजना स्कूल पढ्दै गरेकी छात्रा अभया (नाम परिवर्तन) सित स्कुलकै ड्रेसमा दुष्कर्म अनि हत्या गरिदिएको अवस्थामा शव उद्धार भएको थियो। उक्त घटनाको लगभग 6 घन्टाको अवधिमा नै मतिगढा थाना पुलिसले आरोपी एमडी अब्बास नाम गरेका एकजना युवकलाई पक्राउ गरेको थियो। त्यसपछि उक्त मामिला सिलगढी महकुमा अदालतमा चलिरहेको थियो। स्कूल पढ्दै गरेकी छात्रा अभयालाई न्याय दिलाउनका लागि तिनका परिवार लगायत जस्टिस फर अभया समुहका सदस्यहरूले न्यायको मांग गर्दै लगातार अदालतको प्रत्येक सुनवाई अवधि सिलगढी अदालत परिसरमा नै भेला भएर शान्तीपूर्ण ढङ्गले प्रदर्शन गर्दै आइरहेको थियो। सिलगढीको माटीगाड़ा छात्रा हत्या काण्ड मामिला एक वर्षभन्दा अधिक समय बितेर गइसके तापनि परिवार पक्ष तथा ज्याकका सदस्यहरू न्यायको पर्खाइमा रहेको थियो। आज शनिबार फसेलाको तारीख रहेकोले परिवारका सदस्य, पिडिताको आमा लगायत विभिन्न संघ-संस्थाका सदस्यहरू धेरै संख्यामा सिलगढी अदालत परिसरमा भेला भएर दोषीले कस्तो सजाय पाउँछन् भन्ने कुरा सुन्न आतुर देखिन्थे। उक्त मामिलाको सुनवाई अवधि आज सिलगढी महकुमा अदालतका प्रमुख न्याधधीशले हत्यारा आरोपी मोहम्मद अब्बासलाई दोषी ठहर गर्दै मृत्यु दण्डकोको सजाय सुनाएको छ।