सिलगढीको मतिगढास्थित बिक्की अटो-मा चोरी, गार्डहरूलाई बन्धक बनाएर लगे 24 लाखसहित क्यासबक्स

सिलगढी (निसं): सिलगढीको मतिगढास्थित गाडी शो रूम बिक्की अटो (मारूति सुजुकी)-मा आज एकाबिहानै चोरी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार आज लगभग 4.30 बजे बिहान केही अज्ञात डकैतहरू शो रूममा आएर त्यहाँ कार्यरत् 2 जना सुरक्षा गार्डहरूलाई हतियार देखाएर कुटपिट गर्नको साथै बन्दक बनाएर हात-खुट्टा अनि मुखमा बाँधेपछि नगद 24 लाख रूपियाँसहित क्यासबक्स नै साथमा लिएर चम्पट कसे। अर्कोतिर, शो रूम बिक्की अटोका डाइरेक्टरले बताए अनुसार हिज बिहिबार ईद भएकोले गर्दा ब्याङ्क बन्द रहेको थियो अनि यसले गर्दा लगभग 24 लाख रूपियाँ कार्यालयको क्यास बक्समा राखिएको थियो भने चोरहरूले उक्त रूपियाँ बक्ससहित चोरी गरेर लगेको छ। सम्पूर्ण घटना सीसीटीभी-मा कैद भएको पनि तिनले जानकारी गराएका छन्। घटनाबारे मतिगढा थाना पुलिसलाई जानकारी गराए पछि पुलिसले घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom 780casibom giriş güncel adrescasibom 760 girişJojobetjojobetCasibom GirişCasibomDeneme Bonusu Veren SitelerCasibom Girişdeneme bonusuJojobet Girişcasibom girişcasibomJojobet GirişCasibom Giriş