सिलगढी, 27 दिसम्बरः सिलगढीको मिलनपल्ली क्षेत्रमा रहेको एउटा घरमा दिउँसो आगलागीको घटनाले सनसनी मच्चिएको छ।
जानकारी अनुसार, घरका मालिक कामको सिलसिलामा बाहिर गएका थिए। त्यस समयमा घरमा कोही पनि थिएन। आज दिउँसो घरबाट धुँवा निस्किएको देखेपछि छिमेकीहरूले तुरुन्तै दमकल विभागलाई यसबारे खबर दिए। यसपछि दमकलका दुई वटा इञ्जिन घटनास्थलमा आइपुगेर आगोलाई नियन्त्रणमा ल्याए। यद्यपि, उक्त समयसम्म आगलागीमा घरभित्रका सबै सर-सामान जलेर खाक भएका छन्।
यसै बीच, आगलागी घटनाबारे सुनेर घटनास्थलमा पुगेका थिए काउन्सिलर जयन्त साहा। उनले भने, “घरका मालिक दुई दिनदेखि बाहिर थिए। दमकलका कर्मचारीहरूले दैलो भत्काएर घरमा प्रवेश गर्नु परेको थियो। आगलागीको कारण के हो भन्ने बारेमा अझसम्म केही थाहा पाइएको छैन।”