सिलगढीको मुख्य सडकमा नम्बर नभएको टोटोलाई चल्न प्रतिबन्ध, शहरको विभिन्न ठाउँमा टोटो चालकहरूको प्रदर्शन 

सिलगढी (निसं): सिलगढीको मुख्य सडकमा नम्बर नभएको टोटोलाई चल्न बन्द गरिदिएको छ। यसको प्रतिवादमा आज बिहानदेखि नै शहरको विभिन्न ठाउँमा नम्बर नभएको टोटो चालकहरूले विरोध प्रदर्शन गरे। विभिन्न ठाउँमा नम्बर नभएको टोटोको चालकहरूले स्थायी नम्बर भएको टोटोलाई रोकेको आरोप लगाइएको छ। यति मात्र नभएर, टोटोमा सवार यात्रीहरूलाई टोटोबाट उतारी दिएको बताइएको छ। शहरको विभिन्न ठाउँमा टोटो रोक्नका लागि तिनीहरू सडकमा ओर्लिएका छन्। यसले गर्दा सिलगढी शहरको आशीघर मोड, ईस्टर्न बाइपास, फुलेश्वरी लगायत कतिपय इलाकामा तनाउको माहौल देखा पऱ्यो। यसपछि पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रित गऱ्यो। पुलिसले बताए अनुसार नम्बर भएको टोटोलाई जबर्जस्ती बन्द गर्न सक्दैन, न त टोटोबाट यात्रीहरूलाई उठाउन सक्छन्। अर्कोतिर, शहरको गलीहरूको सडकहरूमा समेत बिना नम्बर टोटोहरू चलाउने स्वीकृति नरहेको टोटो चालकहरूले दावी गरेका छन्। यसले गर्दा नै नम्बर नभएको टोटो चालकहरूलाई असुविधा भइरहेको तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom giriş