सिलगढी (निसं): सिलगढीको एनजेपी स्टेशन पूर्वोत्तर भारतको स्टेशनहरू मध्ये एक प्रमुख हो। रेलवे विभागले स्टेशनलाई हाई क्वालिटी स्टेशन बनाउने काम शुरू गरेको छ। देश-विदेशबाट धेरै संख्यामा पर्यटकहरू दिनहुँ एनजेपी स्टेशन आउने गर्दछन्। तर स्टेशनमा ओर्लिए पछि तिनीहरूले यहाँ कतिपय असुविधाको सामना गर्नु पर्दछ। उक्त कुरालाई ध्यानमा राखेर एनजेपी स्टेशनमा पर्यटक सहायता केन्द्र सुरू गरेको छ। प्राप्त जानकारी अनुसार आईएनटीटीयूसी-को एनजेपी शाखाको पहलमा आज बुधवारदेखि पर्यटक सहायता केन्द्रको शुभारम्भ गरेको छ। यस अवसरमा श्रमिक संगठनका नेताहरूले एउटा कार्यक्रमबाच यस पर्यटक सहायता केन्द्रको उद्घाटन गरे। यसबारे आईएनटीटीयूसी ब्लक-3 का अध्यक्ष सुजय सरकारले जानकारी दिँदै बताए अनुसार देश-विदेशबाट धेरै संख्यामा पर्यटकहरू आएपछि एनजेपी स्टेशनमा विविध असुविधाको सामना गर्न परेको कुरा तिनलाई जानकारी प्राप्त भइरहेको थियो। यसैले आईएनटीटीयूसी-ले पर्यटकहरूको सहायताका लागि पर्यटक सहायता केन्द्र खोलेको तिनले बताए। उक्त पर्यटक सहायता केन्द्रमा 16 जना स्थानीय युवाहरू पर्यटकहरूको सहयोग गर्न सदैव तयार रहने तिनले थप जानकारी गराएका छन्।
