सिलगढीको प्रणामी मन्दिरमा योगा दिवस  

सिलगढी (निसं):  आज 10औ अन्तर्राष्ट्रीय योगा दिवस हो। विभिन्न स्थानहरूमा झै यता, सिलगढीको प्रणामी मन्दिरमा पनि योगा दिवस पालन गरियो। आजको योगा दिवस कार्यक्रममा विभिन्न मानिसहरू उपस्थित थिए। यस अवसरमा योगा सत्रको साथै योग अभ्यास गर्नाले हुने फायदा विषयमा पनि चर्चा गरियो। आयोजकहरूले योग अभ्यास मार्फत शारीरिक अनि मानसिक रूपले स्वस्थ रहने सन्देश दिए। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *