सिलगढीको राम कृष्ण संघ क्लबमा ब्याटमिन्टन प्रशिक्षण

सिलगढी: सिलगढीको राम कृष्ण संघ क्लब ब्याटमिन्टन विभागका भारप्राप्त सचिव ध्रुव ज्योति दासको विशेष प्रयासमा क्लबका खेलाडीहरूलाई अझ उच्च स्तरको प्रशिक्षणको व्यवस्था दिने हेतुले भर्खरै कोलकाताबाट केही स्तरीय ब्याडमिन्टन प्रशिक्षकहरूलाई ल्याएको थियो। ती प्रशिक्षकहरूले क्लबका ब्याटमिन्टन खेलाडीहरूलाई तीन दिनसम्म प्रशिक्षण दिनको साथै खेल तथा पिटनेस बारेमा विभिन्न टिप्स दिएको बताइएको छ। उक्त प्रशिक्षकहरूको टोलीमा मुख्य प्रशिक्षक सौमेन भट्टचार्य, पूर्व बंगाल च्याम्पियन तथा सहायक प्रशिक्षकहरुमा राष्ट्रीय खेलाडी अरिन्तम दास गुप्ता, अनिरबन मण्डल (मेन्स बंगाल च्याम्पियन), शुभोजित मण्डल (बंगाल खेलाडी) सामेल थिए। ती प्रतिष्ठित प्रशिक्षकहरूले दिएको प्रशिक्षणबाट स्थानीय क्लबका खेलाडीहरुले लाभ उठाएर अझ राम्रो खेल सिक्न सक्नेछन् भन्ने राम कृष्ण संघ क्लबका सबै पदाधिकारीहरूले बिश्वास गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *