सिलगढीको सडकमा दुई वटा हात्ती देखियो नाइट वक-मा

जंगलबाट निस्किएर राती सडकमा गजराजले नाइट वक गर्दै गरेको देखियो। सिलगढीको सालुगढा बजार इलाकामा यस्तो दृश्य देखा पऱ्यो। घटनाक्रम अनुसार गत राति लगभग 1 बजे जंगलबाट निक्लिएको दुई वटा हात्ती अचानक सालुगढा बजार इलाकामा पसेर यताउता घुमेको देखियो। यसबारे निक्कै हो-हल्ला मच्चिएपछि हात्ती हेर्नका लागि स्थानीय मानिसहरूको भिड देखियो। तथापि, यस अवधि गजराजले कुनै प्रकारको ताण्डव मच्चाएन, न त कुनै प्रकारको नोक्सान नै पुऱ्यायो। केही समयसम्म सालुगढाको सडकमा हाल निर्माणाधिन फ्लाई ओभरको छेउछाउमा घुमेपछि हात्ती पुन: जंगलमा नै फर्कियो।
अर्कोतिर, खबर पाउन साथ सालुगढा वन विभागको टीम घटनास्थलमा आइपुगेको थियो। वन विभाग सूत्र अनुसार हात्ती खानाको खोजीमा अधिकजसो आवसीय इलाकामा प्रवेश गर्ने गर्दछ। यसवाहेक, कहिले काहीं जंगलको बाटो भुलेर पनि इलाकामा आउने गर्दछ। हात्तीमाथि नजर राख्नका लागि वन विभागको टीमले रातिदेखि बिहानसम्म नै विशेष नजरदारी गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom