सिलगढीको सेभोक रोडमा आगलागीमा 2 वटा दोकान जलेर खरानी

सिलगढी : सिलगढीको सेभोक रोडमा आगो लाग्दा 2 वटा दोकान जलेर भष्म भएको छ। आज बिहान 11 बजी उक्त आगलागी भएको हो। उक्त आगलागीमा 2 वटा चिया दोकान जलेर खरानी भएको छ। घटनाको खबर पाएर दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइयो। अर्कोतिर, पानीट्याङ्की आउटपोस्ट पुलिस घटनास्थलमा पुगेका थिए। उक्त आगलागीले गर्दा इलाकामा भागदौड मच्चियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *