सिलगढीको शान्ति नगरबाट तीनजना जुवाडे पक्राउ

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको एसओजी-को टीमले तीनजना जुवाडेलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सिलगढी मध्य शान्तिनगरका नगेन सरकार (40), शंकर महतो (45) र गणेश चौधरी (25) सामेल छन्। एसओजी-को टीमले 4 लाख 10 हजार 200 रुपियाँ सहित 6 वटा मोबाइल पनि जफत गरेको छ। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा हिज अपरान्ह एसओजी-को टीमले भक्तिनगर थाना अन्तर्गत मध्य शान्तिनगर इलाकामा अभियान चलाएर तीन जना जुवाडे (सट्टेबाज) लाई पक्राउ गरेको छ। तीनै जनालाई अनलाइन मार्फत जुवा खेलेको आरोपमा पक्राउ गरिएको बताइएको छ। आज तीनै जनालाई अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *