सिलगढीको शपिङ मल चोरीको घटनामा अझ एकजना पक्राउ

सिलगढी, 4 सेप्टेम्बर (निसं): सिलगढीको सेभोक रोडस्थित एउटा शपिङ मलमा चोरी भएको मामिलामा भक्तिनगर थाना पुलिसले अझ एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेको नाम सौरभ पाल हो। तिनी दक्षिण दिनाजपुर निवासी हुन्। तथापि, हाल तिनी सिलगढीको बङ्किमनगर इलाकामा भाडाको घरमा बस्थे।
उल्लेखनीय रहोस, गत आइतबार राति सिलगढीको सेभोक रोडस्थित एउटा शपिङ मलबाट नगद लगभग 4 लाख रूपियाँको चोरी भएको थियो। यसपछि शपिङ मलका अधिकारीहरूले भक्तिनगर पुलिस थानामा लिखित अभियोग दर्ता गरेको थियो। यसपछि पुलिसले जाँच गर्दै शपिङ मलको म्यानेजर सुब्रत घोष अनि एकजना कर्मचारी तापस पोद्दारलाई पक्राउ गरेको थियो। मंगलवार दुवैलाई अदालतमा पेश गरेको थियो। यसपछि बुधवार बिहान सौरभ पाललाई पुलिसले पक्राउ गरेपछि तिनीबाट चोरी भएको रूपियाँ उद्धार गरेको छ। आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom