सिलगढीको सुभाषपल्ली बजारमा लावारिस क्यान भेट्टाएपछि मच्चियो सनसनी

सिलगढी : सिलगढीको सुभाषपल्ली बजारको एउटा कुनामा धेरै समयसम्म क्यान लावारिस अवस्थामा रहेको देखेपछि मानिसहरू आतङ्कित बनेका छन्। प्राप्त जानकारी अनुसार आज सुभाषपल्ली बजारको एउटा कुनामा धेरै लामो समयसम्म क्यान लावारिस अवस्थामा रहिरहेको थियो। उक्त क्यान कसको हो भन्ने प्रश्न उठ्नसाथ इलाकाका व्यवसायीहरू आतङ्कित बन्न पुगेको बताइएको छ। घटनाको खबर पाएर पार्षद मौसमी हाजरा पनि घटनास्थलमा पुगिन्। यसबारे पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरे।  प्राथमिक जाँच अवधि पुलिसले उक्त क्यानभित्र विषालु केमिकल हुनसक्ने अनुमान लगाए। पुलिसले उक्त क्यान उद्धार गरेर थानामा लगेको छ। यस्तो विषालु केमिकल बजारमा कसरी आयो भन्ने प्रश्न गर्दै पार्षद मौसमी हाजराले बजारको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *