सिलगढीको तीनबत्ती मोड नजिक चाँडै बस स्ट्यान्ड शुरू हुने, मेयर गौतम देवले गरे निरीक्षण

सिलगढी, 18 सितम्बर: सिलगढीको तीनबत्ती मोड नजिक अब चाँडै एउटा वैकल्पिक बस स्ट्यान्ड शुरू गरिने भएको छ। बुधवार घटनास्थलको निरीक्षण गरेपछि सिलगढीका मेयर गौतम देवले जानकारी दिएका छन्।
शहरमा यातायातको समस्या समाधान गर्नका लागि गत वर्ष तीनबत्ती मोड नजिकमा वैकल्पिक बस स्ट्यान्ड बनाउने काम शुरू भएको थियो। परिवहन विभागको प्रयास अनि सिलगढी नगर निगमको सहयोगमा उक्त बस स्ट्यान्डको निर्माण कार्य शुरू गरिएको हो। यसपछि रेलवेको कानूनी जटिलताको कारण बस स्ट्यान्डको काम केही समयको लागि रोकिएको थियो। तर पछि उक्त मामिलालाई दरकिनार गर्दै फेरि काम शुरू गरिएको थियो। हाल बस स्ट्यान्डको काम लगभग अन्तिम चरणमा पुगेको छ। उक्त बस स्ट्यान्डबाट सरकारी अनि निजी बस सेवा अब चाँडै शुरू हुने मेयर गौतम देवले आशा व्यक्त गरेका छन्। आज तिनले बस स्ट्यान्डको निरीक्षण गरेका छन्।
यस अवधि मेयर गौतम देवले भने, बस स्ट्यान्डको काम लगभग पूरा भइसकेको छ। उक्त बस स्ट्यान्डबाट 20 भन्दा अधिक बसहरू चलाउने क्षमता रहेको छ। यात्रीहरूको सुविधाको लागि सबै प्रकारको व्यवस्था गरिएको छ। उक्त बस स्ट्यान्ड शुरू भएपछि शहरमा यातायातको समस्या कम हुने पनि तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom