सिलगढीमा घर अगाडीबाट दिउँसै बाइक चोरी: सीसीटीभी-को सहयोगमा चोर पक्राउ, बाइक उद्धार

सिलगढी, 17 अक्टोबर (निसं): घरको अगाडीबाट चोरी भएको बाइक चोरलाई सीसीटीभी फुटेजको सहयोगमा सिलगढीको एनजेपी पुलिसले पक्राउ गरेको छ। घटनाक्रम अनुसार 13 अक्टोबरको दिन बारीभासा क्षेत्रमा मोहम्मद मुन्नाघ नामक व्यक्तिको दिउँसै घर अगाडीबाट बाइक चोरी भएको थियो।
यसपछि, बाइकको मालिकले एनजेपी थानामा लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले क्षेत्रका सीसीटीभी क्यामेराको फुटेज जाँच गरेपछि कुख्यात बाइक चोर हसिबुललाई सादा पोशाकमा पुलिसले पक्राउ गऱ्यो। तिनी गजलडोबा निवासी हुन्। पक्रा पर्ने आरोपीले सिलगढी अनि एनजेपी संलग्न विभिन्न क्षेत्रबाट बाइक चोरेर इस्लामपुरका ज्वेल अलीलाई तस्करी गर्थे अनि त्यहाँबाट बाइकहरू अन्यत्र बेचिने गर्थे। यसपछि एनजेपी पुलिसले इस्लामपुरको दासपाडाबाट चोरी भएको बाइक फेला पारेको छ। चोरी भएका अन्य बाइकहरूको पनि पुलिसले खोजी गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/