सिलगढीमा जन औषधि दिवस पालन

सिलगढी, 7 मार्च (निसं): सिलगढी इस्टर्न बाइपास संलग्न उत्तर एक्टियाशाल मालडांगी मन्दिर क्षेत्रमा भारत सरकारको सातौ जन औषधि दिवस पालन गरियो। यस कार्यक्रममा जलपाईगढीका सांसद जयन्त राय, डाबग्राम-फूलबारीका विधायक शिखा च्याटर्जी, जन औषधि परियोजनाका स्थानीय म्यानेजर सुमन सिंह रायसहित अन्य व्यक्तिहरू उपस्थित थिए। कार्यक्रमको आयोजना सो क्षेत्रमा उत्तरबंग र सिक्किम जन औषधि परियोजनाको मुख्य डिस्ट्रिब्युट हाउसमा बिहान लगभग 10 बजे शुरू गरिएको थियो। कार्यक्रममा सांसदले यस परियोजनाका फाइदाहरूबारे प्रकाश पारे। उनले भने, “जन औषधि परियोजनाको माध्यमबाट साधारण व्यक्तिहरूलाई चिकित्सा सेवासँग सम्बन्धित औषधिहरू विभिन्न पसलहरूमा निक्कै कम मूल्यमा उपलब्ध भइरहेको छ। हामी यसको प्रचार गर्ने प्रयास गर्दैछौं।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *