सिलगढीमा दोस्रो इन्टेक वेलको मुख्यमन्त्रीले गरिन् भर्चुअल उद्घाटन

सिलगढी, 13 नोभेम्बर (निसं): सिलगढीमा आज दोस्रो इन्टेक वेलको उद्घाटन गरियो। मुख्यमन्त्री ममता ब्यानर्जीले आज दार्जीलिङबाट फूलबारीस्थित दोस्रो इन्टेक वेलको भर्चुअल उद्घाटन गरिन्। यसले शहरमा पेयजलको समस्या निकै कम हुने आशा गरिएको छ। बाघाजतिन पार्कमा भर्चुअल उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो, जसमा सिलगढीका मेयर गौतम देवसहित नगर निगमका मेयर परिषद, पार्षद र अधिकारीहरू उपस्थित थिए।
सिलगढीमा दोस्रो जल प्रोजेक्टको काम पनि सुरु भएको छ। यस सम्बन्धमा मेयरले भने, दोस्रो इन्टेक वेलको काम छिटो सम्पन्न गरिएको छ। शहरका विभिन्न स्थानहरूमा डीप ट्यूबवेल राखिनेछन्। आगामी केही महिनाभित्र शहरमा पेयजलको कमी हुने छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomCasibomMeritking GirişBets10holiganbet girişbaywingrandpashabet girişcasibom girişcasibom giriş