सिलगढी : सिलगढीका तीनजना युवक सन्दीप विश्वास, सुभम साहा र सन्दीप विश्वासले “सुफियाना ब्यान्ड”-को नाममा सिलगढी सहरको विभिन्न ठाउँमा घुम्दै स्ट्रीट शो प्रस्तुत गरिरहेका छन्। तिनीहरूले प्रस्तुत गरेको गीतहरू सुनेर सडकमा हिँड्डुल गर्नेहरूले समेत सुफियाना सङ्गीतको आनन्द उठाइरहेका छन्। विशेष गरेर यस प्रकारको स्ट्रीट शो विदेशतिर मात्र देखिने गरे तापनि सम्भवतः सिलगढी सहरमा पहिलोपल्ट यस प्रकारको शो सिलगढीका 3 जना युवकहरू मिलेर गर्दै आइरहेको छ। तिनीहरूले बताएअनुसार हप्तामा एक दिन साँझ 7 बजीदेखि साढे 9 बजीसम्म स्ट्रीट शो गर्दैआइरहेको छ। स्ट्रीट शो अवधि सुफियाना ब्यान्डको सङ्गीत सुनेर मन्त्रमुग्ध हुने कतिपय सङ्गीत प्रेमीहरूले तिनीहरूलाई आफ्नो इच्छाले रुपियाँ पनि दिने गर्दछन्। यी ब्यान्डका युवाहरूमध्ये सन्दीप विश्वास गायक हुन् भने शुभम साहाले गिटार अनि सन्दीप विश्वासले ड्रम बजाएर मानिसहरूलाई सङ्गीतद्वारा मनोरञ्जन गर्दैआइरहेका छन्। तिनीहरूले सिलगढीको बाघाजतिन पार्कबाट पहिलोपल्ट स्ट्रीट शो शुरू गरेका थिए।