सिलगढीमा आगलागी हुँदा 2 वटा दोकान जलेर खरानी

सिलगढी : सिलगढी नगरनिगमको 43 नम्बर वार्ड अन्तर्गत इलाकास्थित 2 वटा दोकानमा गत राति अचानक आगो लाग्दा दुईवटा दोकान जलेर खरानी भएको छ। घटनाको खबर पाएर डाबग्राम र सिलगढीबाट एक-एक वटा दमकलको इञ्जिन घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त आगलागीमा दुवै दोकानेहरूको धेरै नोक्सान भएको छ। दमकल अधिकारीले बताएअनुसार 2 वटा दमकलको सहयोगमा चाँडै आगोलाई नियन्त्रणमा ल्याइयो। उक्त घटनामा कसैको ज्यानलाई कुनै प्रकारको क्षति नपुगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *