सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ।
भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो। सूचना पाएपछि सादा पोशाकमा खटिएको पुलिस टोलीले उक्त क्षेत्रमा अभियान चलाएर तीन जना बदमाशलाई पक्राउ गरेको छ। यद्यपि, केही बदमाश घटनास्थलबाट भाग्न सफल भएका छन्।
पुलिसको सोधखोजमा पक्रा परेका बदमाशहरूले सहरमा डकैती गर्ने योजना बनाएको कुरा बताएका छन्। पुलिसले उनीहरूबाट डकैतीमा प्रयोग गरिने विभिन्न उपकरणहरू, तीनवटा मोबाइल फोन र एकवटा मोटरसाइकल समेत उद्धार गरेको बताइएको छ।
पक्रा परेका सबै आरोपीहरूलाई आज जलपाइगढी अदालतमा पेश गरिएको छ। घटना सम्बन्धी थप जाँच भइरहेको पुलिसले जनाएको छ।