सिलगढीमा आतङ्क मच्चाउने केजीएफ ग्रुपका 9 सदस्य पक्राउ

सिलगढी (निसं): स्पेशल अपरेशन ग्रुप (एसओजी)-ले अन्ततः केजीएफ ग्रुपका 9 जना सदस्यलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा विद्युत दास उर्फ रकी भाई, राजीब बसाक, हरमीत सिंह, अरमान मोदक, अनुस्तूप मजुमदार, शम्भू दास, माणिक हल्दार, अजीत अधिकारी र राज सिंह सामेल छन्। सूत्रले दिएको जानकारी अनुसार लगभग अढाई वर्षअघि भक्ति नगर क्षेत्रमा केही मानिसहरू मिलेर एउटा ग्रुप बनाएको थियो। त्यस समय उक्त ग्रुपको कुनै नाम थिएन। तथापि, 2022-मा साउथको फिल्म केजीएफ आएपछि यस ग्रुपको नाम केजीएफ राखियो। केजीएफ ग्रुपले गर्दा भक्ति नगर थाना अन्तर्गत सेभोक रोड इलाकाका मानिसहरू दिक्क भइसकेका थिए। प्रायःजसो उक्त ग्रुपले मानिसहरूसित झगडा तथा कुटपीट गर्ने गर्दथ्यो। यसको साथै केजीएफ ग्रुपले हतियारको तस्करी, जमिन दखल, अवैध रम-रक्सीको व्यवसाय, जुवाको अड्डा जमाउनको साथै मार्केटबाट हफ्ता वसुल्न थाल्यो। भक्ति नगर थानाको लागि उक्त ग्रुपको ठुलो समस्या बने तापनि पुलिसले यस ग्रुपमाथि कुनै कार्वाही गर्न सकेको थिएन। यसपछि उक्त ग्रुपमाथि अंकुश लगाउनको लागि सिलगढी मेट्रोपोलिटन पुलिसका उच्च पदस्थ अधिकारीहरूले एसओजीलाई जिम्मेवारी सुम्पिदिएको थियो। जिम्मेवारी पाउनसाथ एसओजीले कार्वाही गर्न शुरू गरेपछि केजीएफ ग्रुपले सहर छोडेर सुइँकुच्चा ठोकेको बताइएको छ। सहरदेखि बाहिर रहे तापनि एसओजीले केजीएफ ग्रुपमाथि विशेष नजर राखिरहेको थियो। यस अवधि एसओजीले गोप्य सूचनाको आधारमा गत राति ईस्टर्न बाईपास इलाकाबाट केजीएफ ग्रुपका 9 जना  सदस्यलाई पक्राउ गरेपछि अघिल्लो कार्वाहीको लागि भक्तिनगर थानालाई सुम्पिदिएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobet