सिलगढी, 16 नोभेम्बर (निसं): सिलगढीमा एप्पल कम्पनीको नाममा डुप्लीकेट सामानहरू बेचेको खुलासा भएको छ। दिल्लीबाट एप्पल कम्पनीका अधिकारीहरूले लिखित अभियोग दर्ता गरेपछि सिलगढी मेट्रोपोलिटन पुलिसको इन्फोर्समेन्ट ब्रान्च (ईबी)-को एउटा टोलीले एप्पल कम्पनीका अधिकारीहरूसँग मिलेर सिलगढीको पानीट्याङ्की थाना अन्तर्गत ऋषि अरविन्द रोडस्थित चार वटा दोकानमा छापामार अभियान चलायो। यस अवधि दोकानबाट एप्पल कम्पनीको लोगो लगाएका धेरै मात्रामा चार्जर, हेडफोन, कभर, टेम्पर्ड ग्लास र अन्य सामानहरू उद्धार गरेको छ। उक्त घटनाले ऋषि अरविन्द रोडमा हडकम्प मच्चाएको छ। स्मरण रहोस, विगत केही महिनादेखि ऋषि अरविन्द रोडस्थित विभिन्न दोकानहरूले एप्पल कम्पनीको लोगो लगाएर डुप्लीकेट सामान बेच्दै आइरहेका थिए। इन्फोर्समेन्ट ब्रान्च टोली थप अनुसन्धान र कानूनी कार्वाहीमा जुटेको छ।