सिलगढीमा असहाय नानीहरूसित क्रिसमस उत्सव पालन

खरसाङ : रियल रेस्टोरेशनको आयोजनामा तथा खरसाङको सिलोआम चर्च र सिलगढीको सिलोआम चर्चको सहभागितामा सिलगढीको भेनस मोड़स्थित किटियामोड़मा चिल्ड्रेन सेन्टरमा क्रिसमस पर्व मनाइयो। उक्त क्षेत्रमा रियल रेस्टोरेशनले सन् 2017 सालमा नै चिल्डेन सेन्टर शुरु गरेको थियो भने त्यहीँ सालदेखि नै प्रत्येक वर्ष क्रिसमस उत्सव पालन गर्दै आइरहेको छ। यसपाली पनि उक्त क्षेत्रमा लगभग 400 नानीहरूसित क्रिसमस उत्सव मनाइयो। यसै अवसरमा सबै नानीहरूलाई स्वादिष्ट खाना खुवाउनको साथै सबैलाई क्रिसमसको उपहार पनि वितरण गरियो। यस सेन्टरमा रियल रेस्टोरेशनले नानीहरूलाई स्वास्थ्य र विभिन्न विषयमा ट्रेनिङ साथै क्रियाकलापहरू पनि सञ्चालन गर्दै आइरहेको छ। खरसाङ सिलोआम चर्च र सिलगढी सिलोआम चर्चका जवानहरू, नर्बु तामाङ र परिवारले उक्त कार्यक्रममा सहयोग गरेका थिए। कार्यक्रममा सिलोआम चर्चको किन्सङ काबो पनि उपस्थित थिए। कार्यक्रममा वक्ताको रूपमा उपस्थित नितेन लामाले क्रिसमस के हो र किन मनाइन्छ भन्ने विषयमा बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş