सिलगढी, 5 मार्चः सिलगढीको 39 नम्बर वार्डको हैदरपाडा क्षेत्रको एउटा घरमा अवैध रूपमा ग्यास सिलिन्डर रिफिलिङको काम भइरहेको थियो। यसबारे गोप्य सूचना पाएपछि पुलिसले अभियान चलाएर एकजना व्यक्तिलाई पक्राउ गरेको छ। यसको साथै 29 वटा ग्यास सिलिन्डर पनि उद्धार गरिएको छ।
पक्रा परेका व्यक्तिको नाम कृष्ण सरकार हो। लामो समयदेखि उनी अवैध रूपमा ग्यास सिलिन्डर रिफिलिङको काम गर्दै आइरहेका थिए। पुलिस सूत्र अनुसार, अवैध ग्यास सिलिन्डर रिफिलिङबारे भक्तिनगर थाना पुलिसलाई खबर प्राप्त भएपछि उनीहरुले त्यस घरमा अभियान चलाएर साना र ठूला गरेर लगभग 29 वटा ग्यास सिलिन्डर उद्धार गरेको छ। घटनामा एकजना व्यक्तिलाई पक्राउ गरिएको छ।
सम्पूर्ण घटनाको भक्तिनगर थाना पुलिसले जाँच शुरु गरेको छ।