सिलगढीमा अवकाशप्राप्त पुलिस अधिकारीको झुन्डिएको अवस्थामा शव उद्धार

सिलगढी : सिलगढीमा अवकाशप्राप्त पुलिस अधिकारीको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक व्यक्ति 69 वर्षीय प्रदीप कुमार पालको रूपमा चिन्हित गरिएको छ। पुलिस विभागबाट अवकाशप्राप्त गरेपछि तिनले विभिन्न विभागमा कार्य गरेका थिए। एक समय तिनी सिलगढीका थाना आईसी लगायत सिलगढी पुलिस कमिश्नरेट हुन अघि डीएसपी पदमा कार्यरत थिए। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार धेरै समय अघिदेखि तिनी शारीरिक रूपमा अस्वस्थ्य रहेकोले गर्दा मानसिक तनाउमा थिए। आज दिउँसो परिवारका सदस्यहरूले बाबुपाडास्थित घरको छतमा झुन्डिएको अवस्थामा तिनलाई देखेपछि तत्कालै उद्धार गरेर अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *