सिलगढीमा भत्कायो अवैध निर्माण,घरमालिक सहित गाउँलेहरू आक्रोशित

सिलगढी (निसं): रिक्सा चलाएर कमाई गरेर घर बनाएका थिए। तर उक्त घर नक्सा अनुसार नबनाएको आरोप रहेको छ। हाई कोर्टको आदेश अनुसार सिलगढी नगर निगमले उक्त अवैध निर्माण भत्काइ दिएकोमा नगर निगमका कर्मचारीहरू प्रति आक्रोशित बने। नगर निगमका कर्मचारीहरू घर भत्काउन आएको थाहा पाएपछि परिवारका सदस्यहरू रून थाले। तिनीहरूले नगर निगमका कार्यकर्ताहरूसित धेरै बिन्ति भाव गरे तर तिनीहरूको कुनै कुरा सुनेनन्।


 सिलगढीको वार्ड नम्बर 34-को सूर्यसेन कोलोनीमा आज एउटा घरको अवैध निर्माण भत्काइ दिएको छ। अवैध निर्माणलाई लिएर गत केही दिन अघि स्थानीय एकजना व्यक्तिले नगर निगममा अभियोग दर्ता गरेका थिए। यसपछि हाई कोर्टले उक्त अवैध निर्माण भत्काउने आदेश दिएको थियो। यसैले आज बिहान नगर निगमका कर्मचारीहरू पुलिसको साथमा अवैध निर्माण भत्काउन घटनास्थलमा पुगेका थिए। उक्त समय घरको मालिक अनि छर-छिमेकीहरूले भत्काउने कार्यमा जुटेका नगर निगमका मजदुरहरूलाई केही समयसम्म घेरेर आक्रोश व्यक्त गरे। यसपछि पार्षद बिमान तापदार घटनास्थलमा आइपुगे। अन्तत: हाई कोर्टको आदेशमा उक्त अवैध निर्माणलाई भत्काइ दियो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCELcasibom girişcasibomgrandpashabet giriş