सिलगढीमा भोलि कार्निभलको आयोजना गरिने, युद्धस्तरमा तयारी शुरू

सिलगढी : सिलगढीमा भोलि बिहिबार पुजा कार्निभलको आयोजना गरिने भएको छ। गत वर्ष झैँ यस वर्ष पनि भव्य रूपमा कार्निभलको आयोजना गरिने भएकोले युद्धस्तरमा यसको तयारी भइरहेको छ। उक्त कार्निभलमा सहरको 10 वटा क्लबले अंश ग्रहण गर्ने भएको छ। यसैले आज सिलगढी नगरनिगमका मेयर गौतम देवले महात्मा गाँधी मोड, लालमोहन मौलिक निरञ्जन घाटको निरीक्षण गरे। यस अवधि तिनले कार्निभलको तयारीको निरीक्षण गरे। गत वर्ष कार्निभलको दिन पानी परेकोले गर्दा सहरवासी निराश भए तापनि पानीको पर्वाह नगरी हजारौँको संख्यामा मानिसहरू कार्निभल हेर्नको लागि एकत्रित भएका थिए। हाशमी चौकबाट कार्निभलको शोभायात्रा निकालिइनेछ। यसपछि महात्मा गाँधी मोडमा प्रत्येक क्लबद्वारा 10 मिनटको कार्यक्रमको आयोजना गरेपछि प्रतिमा विसर्जनको लागि निरञ्जन घाटमा जाने बताइएको छ। भोलि बिहिबार 5 बजीदेखि कार्निभल शुरू गरिनेछ। सहरवासीले हिलकार्ट रोड, महात्मा गाँधी मोडमा कार्निभलको आनन्द लिन सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibombaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom